Logo

उम्मेदवारी दर्ता गराउन रवि लामिछाने निर्वाचन अधिकृतको कार्यालयमा



काठमाडौं, २० चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आगामी वैशाख १० गते चितवन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन् ।

उनी निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ताको प्रक्रिया अगाडि बढाएका छन् । चितवन–२ मा नेकपा (एमाले) ले रामप्रसाद न्यौपाने, नेपाली कांग्रेसले जीतनारायण श्रेष्ठ, राप्रपाले जीवलाल पुरी, हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले शम्भु थापालाई उम्मेदवारको रुपमा सिफारिस गरेका छन् ।

चितवन– २ मा लामिछाने, श्रेष्ठ र न्यौपानेबीच त्रिपक्षीय रोचक प्रतिस्पर्धा हुने निश्चित छ ।

 

 



प्रतिक्रिया दिनुहोस्