काठमाडौं, २१ चैत्र । बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि सत्ता गठबन्धनका पाँच दल एकै कित्तामा उभिने भएका छन्।
सत्ता गठबन्धनको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रि समाजवादी पार्टी एकै कित्तामा उभिएका हुन्।
सो दलका प्रमुखहरुले हस्ताक्षरित विज्ञप्ती सार्वजनिक गर्दै बैशाख १० को निर्वाचनमा बारा-२ मा जसपाका अध्यक्ष उपेन्द्र यादव, चितवन-२ मा जितनारायण श्रेष्ठ र तनहुँ-१ मा डा गोबिन्दराज भट्टराई गठबन्धनका साँझा उम्मेद्वार रहेको र उनीहरुलाई अत्याधिक मतका साथ विजय गराउन अनुरोध गरेको छ।