Logo

गगन थापाले प्रधानमन्त्री र मन्त्रीहरुमा ‘वार मेन्टालिटी’ पाएनन्, गरे गुनासो



काठमाडौं, २२ चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कामको गति बढाउन आग्रह गरेका छन् । उनले सरकारको कामबारे प्रश्न उठाएका छन् । थापाले दौडिनुपर्ने सरकार अझै अलमलमा रहेको गुनासो पोखेका छन् ।

आज (बुधबार) कांग्रेसनिकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री तथा मन्त्रीहरुमा आफूले ‘वार मेन्टालिटी’ नपाएको पनि गुनासो पोखेका छन् । सम्बोधनको क्रममा थापाले भने–‘हाम्रो सरकारसँग दौडिएर पुग्ने सुविधा मात्र छ, तर हाम्रो सरकारले दौडिन सुरु नै गरेन । अझै पनि कहिले तुना बानेर बस्छ, कहिले कुर्सी खोज्छ ।’

थापाले सुरुवातदेखि नै सरकारलाई कामको गति बढाउन सुझाव दिँदै आएका छन् । पछिल्लो समय उनले नागरिकले सर्भिस डेलिभरी खोजेको बताउँदै आएका छन् । प्रधानमन्त्री दाहालले भने अझैपनि आफ्नो सरकारलाई पूर्णता दिन सकेका छैनन् । अझैपनि उनको नेतृत्वमा ६ मन्त्रालयकाको बोझ छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्