काठमाडौं, २२ चैत्र । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।
सो मुद्दामा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो ।
राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध युवराज पौडेल ‘सफल’ को रिटमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा सुनुवाई भएको थियो ।