Logo

कांग्रेस र माओवादी ‘कु’पात्र, एमाले ‘सु’पात्र : नेता गुरुङ



काठमाडौं,२७ चैत । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आजको दिनमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ‘कु’पात्र र एमाले ‘सु’पात्र भएको उल्लेख गरेका छन्।

सोमबार कावासोती नगर कमिटीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता गुरुङले कांग्रेस र माओवादी ‘कु’पात्र, एमाले ‘सु’पात्र भएको उल्लेख गरेका हुन्।

‘कांग्रेसले केही गर्न सक्दैन। विकास गर्दैन। कांग्रेसले सरकार चलायो भने यो मुलुकको दुर्गति हुन्छ। अर्को पार्टी छ माओवादी त्यसले कुनै क्रान्ति गर्दैन। त्यसैले आजको दिनमा कांग्रेस र माओवादी ‘कु’ पात्र, एमाले ‘सु’ पात्र,’ उनले भने।



प्रतिक्रिया दिनुहोस्