काठमाडौं, २७ चैत्र । समिट होटल प्रा.ली.का प्रोजेक्ट सञ्चालक सचित श्रेष्ठले समिट रेसिडेन्सीको अवधारणा कार्यान्वयनको चरण्मा निर्माणस्थलको जग्गाको पाइल प्रोटेक्सनको काम चलिरहँदा यही चैत्र २५ गते साईटको पूर्व दक्षिणतर्फको केही जमिन भासिन गई स्थानीयवासीको आवासमा समेत असर परेको विषयमा विनोद चौधरीको नाम मुछिएकोमा खण्डन गरेका छन् । उनले उक्त समस्याको विषयमा विनोद चौधरीको प्रत्यक्ष कुनैपनि संलग्नता नभएको स्पष्ट पारेका छन् । उनले सिजीको सो प्रोटेक्टमा ईन्भेष्टरको मात्रै रोल भएको उल्लेख गरेका छन् ।
आज प्रोजेक्ट सञ्चालकको रुपमा एक विज्ञप्ती र भिडिओ सन्देश जारी गर्दै उनले सो आरोपको खण्डन गरेका हुन् । श्रेष्ठले घर भासिने समस्या देखिएलगत्तै निर्माण कम्पनी, स्थानीयवासी र जनप्रतिनिधि समेतको रोहबरमा छलफल गरि समस्या समाधानका लागि सहमति भइसकेको र सोही सहमतिअनुसार काम अगाडि बढाईने भएको पनि जानकारी दिएका छ्न ।