काठमाडौं, २८ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारण सभाको उद्घाटन् गरेका छन् । आजबाट सुरु भएको साधारणसभाले वरिष्ठ उपाध्यक्षसहित नेतृत्व पाउने भएको छ । सो अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अहिले अर्थतन्त्र सुधार भैरहेको दाबी गरे ।
उनले भने,‘हामी अहिले बजेट तथा नीति निर्माण प्रक्रियाको अन्तिम चरणमा छौं, प्रधानमन्त्रीको जिम्मेवारी लिएपछि निजी क्षेत्रका धेरै सुझाव संकलन गरिएको छ, अहिलेका समस्या समाधानका लागि अर्थ मन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रबीच धेरै छलफल भएको छ । अब सम्पूर्ण तागत अर्थतन्त्रलाई गति दिनेमा नै हुनेछ ।’
यस्तै, तरलता, राजस्व र रेमिट्यान्समा सुधार ल्याउन सरकारले प्रयास गरेको बताए।
तस्विर : प्रदीपराज वन्त/प्रम दाहालको सचिवालय