Logo

एमाले संसद् विघटनको दाउमा छ, जुन हामी पुरा हुन दिन्नौ: अध्यक्ष नेपाल



काठमाडौं, चैत २९ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) संसद् विघटनको दाउमा रहेको आरोप लगाएका छन् ।

बुधबार सुनसरीको इनरुवामा आज विहान सञ्चारकर्मीसँगको भेटमा नेता नेपालले एमाले संसद् विघटन गरी मध्यावधि निर्वाचनमा जाने दाउमा रहेको आरोप लगाएका हुन् । संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने उल्लेख गर्दै अध्यक्ष नेपालले एमालेको उक्त सोचलाई पूरा हुन नदिने पनि बताए ।

“एमालेभित्र अब अहिले प्रतिनिधिसभालाई फेरि पनि विघटन गर्न सकिने हुन्छ, विघटन गर्न सकिन्छ, मध्यावधिको अवस्थामा जान सकिन्छ भन्ने सोच हामीले सुनेका छौँ,” उनले भने, “त्यो बाटोमा त हामी जान सक्दैनौँ । संविधान मिच्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौँ ।”

एमालेसँग एकताको सम्भावनाका बारेमा बोल्दै उनले केपी शर्मा ओलीसँग भने एकताको सम्भावना नरहेको र मन, विचार मिल्नेहरूसँग बहस र छलफल गर्न तयार रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्