Logo

बारा २ का जनता उपेन्द्र यादवलाई मत दिन आतुर छन्ः जसपा नेता



काठमाडौं, ३ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेता एवं सांसद प्रदीप यादवले बारा २ मा उपेन्द्र यादवको जित घोषणा गर्न मात्र बाँकी भएको बताएका छन् ।
‘जनमत पार्टी वा कसले के भन्छ भन्ने महत्त्वपूर्ण होइन, जनताले जे भन्छन्, त्यही हुने हो । उपेन्द्र यादव व्यक्ति होइन, विचार हो । नेपालभित्रै उपनिवेशजस्तो रहेको मधेसलाई पहिचान र अधिकार दिलाउनुभएको छ । बारा जिल्लालाई उपराष्ट्रपति र मधेस प्रदेशको मुख्यमन्त्री दिलाउनुभएको छ । बारा २ का जनता उपेन्द्र यादवलाई मत दिन आतुर छन् । जनताले कीर्तिमानी मतले उपेन्द्र यादवलाई जिताउँछन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
जनमत पार्टी नियतवश मुलुकलाई विखण्डन गर्ने र जातजातिलाई लडाउने काममा लागिरहेको आरोप पनि यादवले लगाए । उनले थपे, ‘गठबन्धनको रस मलाई र चास्नी खाने, अनि गठबन्धनको विरोध गर्ने जनमत पार्टी बहुरुपिया हो । त्यसैले अनेक प्रोपगन्डा गरिरहेको छ । नियतवश मुलुकलाई विखण्डन गर्ने र जातजातिलाई लडाउने काममा लागिरहेको छ । यसमा जनता सचेत छन् ।’



प्रतिक्रिया दिनुहोस्