Logo

कमलादीमा रहेको नेपाल एसबिआई बैंकको कर्पोरेट अफिस सञ्चालनमा



काठमाडौं, वैशाख ४ । नेपाल एसबिआई बैंकले कमलादीमा स्थापना गरेको कर्पोरेट अफिस सञ्चालनमा ल्याएको छ । भारतीय स्टेट बैंकका अध्यक्ष दिनेश खारा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले कर्पोरेट अफिसको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा भारतीय स्टेट बैंकका प्रमुख कार्यकारी अधिकृत (इन्टरनेसनल बैंकिङ ग्लोबल मार्केट्स एन्ड टेक्नोलोजी) चल्ला श्रीनिवासुल सेट्टी, नेपाल एसबिआई बैंककी अध्यक्ष जयन्ती बन्सल, नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, सञ्चालक अप्सरा उप्रेती, स्वतन्त्र सञ्चालक गोपालप्रसाद भट्ट, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, उपमहाप्रबन्धक प्रियरञ्जन प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र काल, नयाँ व्यवसाय प्रवद्र्धन सल्लाहकार छपिराजपन्तलगायतको उपस्थिति थियो ।

यसअघि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई हाई प्रेसर क्लिनर, वेट एन्ड ड्राई भ्याक्युम क्लिनर र १० वटा डस्टबिन प्रदान गरेको जनाएको छ । कार्यक्रममा भारतीय स्टेट बैंकका अध्यक्ष दिनेश खाराले उक्त सरसफाइ सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।

साथै पशुपति क्षेत्र विकास कोषपरिसरमा रहेको कैलाश डाँडामा अध्यक्ष खारालगायतले वृक्षारोपण पनि गरेका थिए । हाल बैंकले देशभरमा ९३ शाखा, २२ एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय तथा एक कर्पोरेट अफिसका साथै एक सय ३० एटिएममार्फत सेवा दिँदै आएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्