Logo

रुसी बमवर्षक विमानहरूको जापानको समुद्रमा गस्ती जारी



मस्को । आठ रुसी टीयु-२२ एम, ३ लामो दूरीका बम वर्षक विमानहरूले ओखोत्स्क सागरको तटस्थ जलक्षेत्र र जापान सागरको उत्तरी भागमा लडाकू प्रशिक्षणका निम्ति उडान गरेका छन्।

रुसी रक्षा मन्त्रालयले बुधबार जनाएअनुसार मिसनका क्रममा टीयु-२२ एम, ३ ले रूसी प्रशान्त बेडाका सेनाहरूलाई हवाई सहयोग प्रदान गरेको छ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा विमानले हवाई क्षेत्रको प्रयोगको लागि अन्तरराष्ट्रिय नियमहरूको कडाईका साथ पालन गरेको बताइएको छ।

यो गस्ती प्यासिफिक फ्लीटको लडाइको तयारीका सन्दर्भमा अचानकरूपमा सञ्चालन गरिएको विश्लेषण गरिएको छ। यो कार्यक्रम “समुद्रबाट सम्भावित शत्रुको आक्रामकतालाई हटाउने क्षमता निर्माण गर्ने” उद्देश्यले अप्रिल१४ मा शुरू गरिएको थियो। रासस/सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्