Logo

पाँच हजार मिटर उचाइमा खानेपानीको सर्वेक्षण



काठमाडौँ, ८ वैशाख । हिमाली जिल्ला मनाङमा खानेपानीको मुहान सर्वेक्षण गरिएको छ । नासोँ गाउँपालिका ६ र ७ नम्बर वडाको तिल्चेअन्तर्गत मनास्लु पदमार्गका लार्के पास, लार्के फेदी, भिमथाङ क्षेत्रमा खानेपानीको व्यवस्थापन गर्ने उद्देश्यले सर्वेक्षण गरिएको हो ।

उक्त पदमार्गअन्तर्गत पाँच हजार एक सय १६ मिटर उचाइहुँदै लार्के फेदी चार हजार चार सय मिटर भिमथाङ उचाइमा खानेपानीको महान सर्वेक्षण गरिएको नासों गाउँपालिकाका प्राविधिक टोलीले जनाएको छ । यस क्षेत्रमा पर्यटक आवागमनको क्रममा खानेपानी सुविधा सहज बनाउने उद्देश्यले पानीको मुहान सर्वेक्षण गरिएको हो ।

पालिकाका इन्जिनियर नवीन जोशी, प्रशासकीय अधिकृत गिमानसिंह मगर, सव–इन्जिनियर समीक्षा पौडेललगायतको टोलीले नासोँ गाउँपालिका–६ र ७ नम्बर वडाका विभिन्न स्थानमा सर्वेक्षणका लागि गएका थिए ।

प्रतिकूल मौसमका बाबजुद पनि पानीको मुहान सर्वेक्षण गरिएको गाउँपालिकाका इन्जिनियर नवीन जोशीले बताए । “हिमपात, चिसो मौसममा पनि खानेपानीको व्यवस्थापन गर्ने उद्देश्यले पालिकाले यस पदमार्गअन्तर्गत पानीको मुहान खोेजिएको हो”, उनले भने ।

यस क्षेत्रमा खानेपानी व्यवस्थापनले स्थानीयवासी, आन्तरिक तथा बाह्य पर्यटकलगायत जनावारलाई पानीको व्यवस्थापन हुनेछ । रासस



प्रतिक्रिया दिनुहोस्