Logo

सुर्यविनायक नगरपालिकाका सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धामार्फत प्रधानाध्यापक नियुक्त



भक्तपुर, वैशाख १० । भक्तपुरको जिल्लाको सुर्यविनायक नगरपालिकाले आफ्नो नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा खुल्ला प्रतिस्पर्धामार्फत पहिलो पटक ३२ जना प्रधानाध्यापकहरु नियुक्त गरेको छ ।

यस नियुक्त गर्ने प्रक्रियामा विज्ञका रुपमा प्रा डा मनप्रसाद वाग्ले, प्रा. डा. विनय कुमार कुसियत,प्रा डा. सुशन आचार्य प्रा डा.प्रमिला राजभण्डारी ,डा बिष्णु कार्कीले भूमिका खेलेका थिए। सो विज्ञ कमिटिले शुक्रबार नगर प्रमुख बासुदेव थापा समक्ष नतिजा बुझाएको थियो । सोहि नतिजा मार्फत नगरपालिकाले ३२ जना प्रधानाध्यापक पाएको हो ।

शुक्रबार आयोजित नतिजा घोषणा कार्यक्रममा विज्ञ टोली सहित नगर प्रमुख थापा, उप प्रमुख सरिता भट्टराई, कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कंडेल, सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटा, वडा अध्यक्ष प्रदिप कार्की, सूचना अधिकारि अनिरूद्र नेपाल लगायतको उपस्थिति रहेको थियो ।

नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरुबीच खुल्ला प्रतिस्पर्धा मार्फत प्रधानाध्यापक नियुक्त गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्