Logo

राष्ट्रपति पौडेल एम्समा भर्ना भएको आज पाँचौ दिन, कस्तो छ स्वास्थ्य अवस्था ?



काठमाडौं, १० बैशाख । भारतको नयाँदिल्लीमा उपचारारत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भएको छ । उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

उनको स्वास्थ्य उपचार बुधबारदेखि पाँचौँ दिन पनि नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । राष्ट्रपति पौडेल स्वास्थ्य उपचारका लागि बुधबार भारत प्रस्थान गरेका थिए । file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्