Logo

तनहुँमा १६ हजार ३७२ मत गणना भईसक्दा वाग्लेको नौ हजार २०२ मत



काठमाडौं, वैशाख ११ । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता कायमै राखेका छन् ।

गएराति ११ः४५ बजेदेखि सुरु भएको मतगणना अनुसार १६ हजार ३७२ मत गणना भईसक्दा रास्वपाका उम्मेदवार डा वाग्लेले नौ हजार २०२ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार गोबिन्द भट्टराईले चार हजार २१३ र नेकपा (एमाले) का उम्मेदवार सर्बेन्द्र खनालले दुई हजार ४३० मत पाएका छन् । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ । मतगणना जारी छ ।



प्रतिक्रिया दिनुहोस्