Logo

फ्लाई दुवईको जहाज दिल्लीमा अवतरणको तयारीमा



काठमाडौं, ११ बैशाख । फ्लाई दुबईको जहाज भारतको नयाँ दिल्लीमा अवतरण गर्ने तयारीमा रहेको छ । काठमाडौंबाट दुबई उड्न लागेको जहाजमा समस्या भएपछि काठमाडौंमा नै अवतरण गर्ने तयारी गरिएको हल्ला थियो । तर, विमान चालकले उडानलाई निरन्तरता दिएका थिए । अहिले जहाज भारतको नयाँ दिल्लीमा अवतरणको तयारीमा रहेको छ ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले फ्लाई दुबईको जहाज सुरक्षित आफ्नो गन्तव्यतिर गएको दाबी गरेका छन् । यसअघि दुवईको लागि उडेको फ्लाई दुवईको जहाजको ईञ्जिनमा समस्या आएर काठमाडौं एयरपोर्टमा फोर्स ल्याण्डिङ गर्न लागिएको बताईएको थियो । तर, विभागीय मन्त्रीले नै विमान सुरक्षित आफ्नो गन्तव्यतर्फ अघि बढेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्