Logo

सरकारलाई समर्थन दिइरहनुको औचित्य छैनः रवी लामिछाने



काठमाडौं, वैशाख १२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो दलले सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताएका छन्।

चितवन-२ को उपनिर्वाचनमा जीत निश्चित भएपछि आज विहान भरतपुरमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै उनले सरकारलाई समर्थन दिइरहनुकोऔचित्य नरहेको बताएका हुन् ।

चुनावी माहौल सकिएलगत्तै सरकारलाई दिएको समर्थनको विषयमा छलफल गर्ने बताउदै उनले अहिले नै सरकारमा जानेबारे कुनै योजना नरहेको समेत प्रष्ट पारे ।

रास्वपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा नरहेपनि उसले सरकारलाई दिएको समर्थन भने कायम राखेको छ।



प्रतिक्रिया दिनुहोस्