Logo

१२ हजार ७५२ मतसहित उपेन्द्र यादवको अग्रता कायमै



काठमाडौं, वैशाख १२ । बारा-२ मा जारी मतगणना अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १२ हजार ७५२ मतसहित अग्रता कायमै राखेका छन्।

उनी निकटतम प्रतिद्वन्दि जनमतका शिवचन्द्र कुशवाह भन्दा चार हजार ३१५ मतले अगाडी छन् । कुशवाहले ८४३६ मत ल्याएर उपेन्द्र यादवलाई पछ्याइरहेका छन्।

यहाँ एमालेका पुरुषोत्तम पौडेल ४४९९ मतसहित तेस्रो स्थानमा छन् । रास्वपाका रमेश खरेल भने यहाँ १९७६ मतसहित चौथो स्थानमा छन् । यो समाचार तयार पार्दासम्म बारा क्षेत्र नं २ मा २९ हजार २१७ मतगणना भइसकेको छ।



प्रतिक्रिया दिनुहोस्