Logo

चितवन–२ मा रवि लामिछाने अत्यधिक मतान्तरले निर्वाचित, कटाए ५४ हजार मत



काठमाडौं, १२ बैशाख। चितवन–२ को उपनिर्वाचनमा रास्वपाका रवि लामिछाने अत्यधिक मतले निर्वाचित भएका छन् ।

उनले ५४ हजार १ सय ७६ मत प्राप्त गरेका छन् । ७८ हजार २ सय ७७ मत गणना सम्पन्न हुँदा लामिछाने भारी मतले निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ ११ हजार २ सय ५१ मत ल्याएका छन् । यस्तै, एमालेका रामप्रसाद न्यौपाने १० हजार ९ सय ३५ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्