Logo

जितपछिको आमसभामा रविले समर्थकलाई भने–‘अरुलाई गाली नगर्नुहोस, बरु फूल दिनुहोस’



काठमाडौं, १२ बैशाख । रास्वपाका सभापति एवम् चितवन–२ को उपनिर्वाचनका नवनिर्वाचित सांसद रवि लामिछानेले अरुलाई सामाजिक सञ्जालमा गाली नगर्न अपिल गरेका छन् । जितपछि आयोजित पहिलो आमसभालाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् । उनले आफूहरुको संस्कार भनेको अरुलाई सम्मान गर्नु भएको भन्दै सोहीअनुसार प्रस्तुत हुन समर्थकलाई अपिल गरे ।

लामिछानेले निर्वाचनको क्रममा आफूहरूमाथि गरेको अपमानको जवाफ चितवनका जनताले राम्रोसँग दिएको पनि दाबी गरे । उनले थपे,‘निर्वाचनको क्रममा हामीमाथि विभिन्न लाञ्छना लगाएका छन् । विभिन्न आरोप प्रत्यारोप लगाएका छन् । अपमान गरेका छन् । सार्वजनिक अभिव्यक्ति नै सुन्न नसक्नेछन् । व्यक्तिगत तहमै उत्रिएर गालीगलौज गरेका छन् । कतिपयल जवाफ दिनुस् भन्नुहुन्थ्यो । तर, मैले भन्ने गर्थें-यसको जवाफ मैले राख्नु पर्दैन चितवनवासीले राखेका छन् भनेर । आज सबैको जवाफ एकमुष्टरूपमा चितवनले स्वस्तिक छाप लगाएर दिएको छ ।’

उनले आफू जनताको घरघरमा पुग्ने भन्दापनि आफ्नो नीति जनताको घरघरमा पुर्याउने पक्षमा रहेको सुनाए । उनले आफूहरुले बनाएको नीतिले चितवनको समग्र विकास हुने बताए । उनले आफू चितवनको विकासको योजना बनाउन लागिपर्ने पनि बताए । उनले चितवनवासी नै आफ्नो परिवार भएको उल्लेख गर्दै आगामी पाँच वर्षमा आफ्नै नेतृत्वमा सरकार बनाउने पनि उद्घोष गरे ।

https://www.facebook.com/deepak.r.bohara/videos/1412208399533775

 



प्रतिक्रिया दिनुहोस्