Logo

एमाले अध्यक्ष ओलीद्वारा मनमोहन अधिकारीको सालिकमा माल्यार्पण



काठमाण्डौं, वैशाख १३ । नेकपा (एमाले) का प्रथम अध्यक्ष मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनको शालिकमा माल्यार्पण गरेका छन् ।

२४ औं स्मृति दिवसको अवसरमा बुधवार सानेपास्थित मनमोहन स्मृति प्रष्ठिानमा पुगेर उनले माल्यार्पणहित पुष्पगुच्छा अर्पण गरेका हुन्। सो अवसरमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो ।

नेपालका लोकप्रिय प्रधानमन्त्रीसमेत रहेका अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाण्डौको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्