Logo

प्रधानमन्त्री दाहालको गुनासो : चितवनको विकासका लागि असाधारण योगदान गरे पनि जनता सन्तुष्ट भएनन्



काठमाडौं, १३ बैशाख । प्रधानमन्त्री एव्म नेकपा (माओवादी केन्द्र) का अध्इक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको विकासको लागि आफूले असाधारण योगदान गर्दापनि जनता असन्तुष्ट रहेको गुनासो पोखेका छन् । उनले हालै भएको चितवन–२ को उपनिर्वाचनमा रास्वपाका रवि लामिछानेले जितेपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।

आज (बुधबार) कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको तेस्रो संस्करणको ‘कान्तिपुर इकोनमिक समिट–२०२३’ मा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पछिल्लो समय विकासले मात्र पनि नागरिक सन्तुष्ट नभएको स्थिति महसुस भएको टिप्पणी गरे ।

उनले थपे,‘कहिलेकाहीँ मलाई के महसुस हुन्छ भने विकास गरेपछि जनता सन्तुष्ट हुन्छन् भन्ने मात्र पनि रैनछ । गएको ५ वर्षमा चितवनको जनप्रतिनिधिका रूपमा मैले चितवनमा सिंगै र भरतपुर महानगरपालिकामा विकासको जुन स्तर भएको छ जुन अभूतपूर्व र असाधारण छ । तर विकासले मात्र जनतालाई सन्तुष्ट गर्न सक्दो रहेनछ । कहाँनेर के मिसिङ छ हामी सबैले आत्मसमीक्षा गर्नु जरुरी छ ।’ उनले कतै नेपाल अन्तर्राष्ट्रिय शक्ति सन्तु्लनको शिकार त हुने होईन ? भन्ने प्रश्न गरे ।

Photo By: Pradeep Raj Onta/RSS

 



प्रतिक्रिया दिनुहोस्