Logo

उपनिर्वाचन जितेका उपेन्द्र उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुने चर्चा



काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारमा जाने तयारीमा लागेका छन् । बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा–२ का निर्वाचित यादवले आफू नै सरकारमा सहभागी हुनेगरि गृहकार्य गरेको चर्चा छ । यसअघि जसपाले दुई मन्त्रालय भागमा पाउँदा पनि एक जनामात्रै मन्त्री सरकारमा पठाएको थियो ।

पार्टीेबाट संघीय परिषद् अध्यक्ष अशोक राई यतिवेला शिक्षामन्त्री छन् । अब एक मन्त्रालय पाउने जसपाले कसलाई पठाउने भन्नेबारे कुनै टुँगो लागेको थिएन । तर, उपनिर्वाचनको नतिजा आएसँगै अध्यक्ष यादव आँफै सरकारमा सहभागी हुनेगरि लागेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि यादवलाई नै सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन् ।

यादवले भने उपप्रधानसहित स्वास्थ्य मन्त्रालयको नेतृत्व लिने चाहना राखेको स्रोतको दाबी छ । प्रधानमन्त्री दाहालले यसअघि जसपालाई वनमन्त्रालय लिन भनेका थिए । जसपाबाट मन्त्री बन्न चाहनेहरु धेरै छन् । प्रदीप यादव, राजकिशोर यादव र विरेन्द्र प्रसाद महतोले मन्त्रीमा दाबी पेश गरिरहेका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्