Logo

माइतीघरमा धर्नामा बसे महावीर पुन



काठमाडौं, वैशाख १५ । राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लागि सामाजिक जनआन्दोलन र धर्ना कार्यक्रम सुरु गरेका छन्। शुक्रबार माइतीघरमा उनले धर्ना कार्यक्रम सुरु गरेका हुन्। माइतीघर स्थित बानेश्वर जाने बाटोलाइ बन्द गरेर उनले धर्ना दिएका छन् ।

धर्नामा ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारको निति देु’, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागीता’ ‘नवउद्यमीहरुलाइ हतोत्साही नगर’, ‘सुचना प्रविधि विधेयक खारेज गर’ जस्ता प्लेकार्ड बोकिएको छ।

नवप्रवर्तन अनुसन्धान र आविष्कार कोष खडा गर्न सरकारसँग माग गरेपनि सुनुवाई नभएपछि आन्दोलनमा उत्रिनु परेको उनको भनाई छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेर कुरा राखेपनि सरकार गम्भीर नभएपछि आन्दोलनको घोषणा गरिएको उनले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्