Logo

अयोग्य लडाकुलाई पैसा नबाड्न राष्ट्रिय युवासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण



काठमाडौं, वैशाख १५ । अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको तयारीविरुद्ध राष्ट्रिय युवासंघले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। युवा संघका अध्यक्ष क्षितिज थेवे नेतृत्वको युवा संघको टोलीले शुक्रबार विहान अर्थमन्त्री प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएको हो ।

नेपाली जनताको सुन्दर भविश्ष् सिपनपश्चतताको मर्म अनुरुप संविधान सभाबाट निर्मित संविधान प्रदत्त अधिकारको ग्यारेन्टी गर्दै र नेपाली जनताका सपान, सुमृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्ने जिम्मेवारी बोकेको राज्यसत्ताले देशको अर्थतन्त्र दिनप्रतिदिन खस्किँदै गएको, निजी क्षेत्रका उद्योग धन्दा धरासायी बन्दै गएको, महंगीले आकाश छोएका कारण जनजीवीका कष्टप्रद बन्दै गएको, कमजोर आर्थिक अवस्थाकै कारण व्यवसायीहरुले आत्महत्याको बाटो रोज्न लागे बेलामा लडाकु र नक्कली लडाकुहरुको नाममा विगतमा भएको घोटाला भएकोबारे युवा संघले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दायर गरेको मुद्दा विद्यमान रहेको अवस्थामा सरकारले पैसा बाँड्ने काम गर्न लागेकोप्रति आपत्ति जनाएको छ।

देशमो अर्थतन्त्र उकास्न प्राथसमकताका आधारमा लगानु गर्नुको साट्टो उल्टै सरकारले १८ बर्षपछि पूर्व अयोग्य लडाकुको नाममा अर्बौं रुपैयाँ राज्य कोषबाट बाँड्ने तयारी गरिने देशलाई टाट पल्टाउने र नीतिगत भ्रष्टाचार गरी अमुक रकम कुम्ल्याउने खेल भएको आरोप लगाएको छ।

देशको अर्थतन्त्र उकास्न ७ बुँदे माग पूरा गर्न सरकारसँग माग गरेको छ। युवा संघले ५ बर्षभित्र चुक्ता गरिसक्ने गरी सहुलियत दरका प्रमाणपत्र धितोका आधारमा २५ लाखसम्म ऋण प्रवाह गर्ने समेत गरेको छ।

 



प्रतिक्रिया दिनुहोस्