Logo

अयोग्य लडाकुलाई पैसा दिने सरकारको निर्णय अपारदर्शी छ– प्रदीप पौडेल



काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले अयोग्य लडाकुलाई दुई लाख दिने निर्णयको विरोध गरेका छन् ।
आज (शुक्रबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै पौडेलले आर्थिक संकटका कारण देश संकटमा रहेको बेला संसद् छलेर अयोग्य लडाकुलाई पैसा दिने निर्णय स्वभाविक नभएको उनले बताए ।

‘अयोग्य लडाकुलाई दुई दुई लाख दिने भन्ने कुरा विभिन्न माध्यमबाट बाहिर आइरहेको छ । आर्थिक संकटको बेला यो निर्णय अपारदर्शी ढंगले संसद्लाई छलेर गर्नु स्वभाविक होइन । यो विषयमा के भएको हो ? यथार्थ जानकारी सदनलाई गराइयोस्,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्