Logo

प्रोफेशनल भिसा एण्ड एजुकेशन सर्भिसेसलाई अष्ट्रेलियन बिजनेश च्याम्पियन अवार्ड २०२३



काठमाडौं । सन् २०१५ देखी शैक्षिक परामर्शदाताको रूपमा सेवाग्राहीहरुलाई गुणस्तरीय र विश्वसनीय सेवा प्रदान गर्दै आएको प्रोफेश्नल भिसा एण्ड ऐजुकेशन सर्भिसेसले प्रतिष्ठित अष्ट्रेलियन स्मल बिजनेश च्याम्पियन अवार्ड  २०२३ जितेको छ । शुक्रबार अष्ट्रेलियामा आयोजित एक विशेष समारोहमा सस्थाको तर्फबाट रितु वैद्यले  अवार्ड ग्रहण गरेकी हुन्।

प्रोफेशनलले माइग्रेसन (आप्रवासी सेवा ) मा उत्कृष्ट काम गरे बापत यो अवार्ड जितेको हो । अवार्डका लागि माइग्रेसन बिधामा सक्रिय एक हजार भन्दा बढी सस्थाहरूको प्रतिस्पर्धा रहेको थियो। सो प्रतिस्पर्धामा सबैलाई पछिपार्दै प्रोफेशनल ऐजुकेशन एण्ड भिसा सर्भिसेसले उक्त प्रतिष्ठित अवार्ड जितेको हो ।

अष्ट्रेलियाका बिभिन्न शहरहरूमा शाखा कार्यालयहरु रहेको सस्थाले बुधबारबाट काठमाडौंको व्यवसायिक केन्द्र सेन्ट्रल बिजनेश पार्क, थापाथलीको दोस्रो तल्लामा नेपाल शाखा खोली सेवा शुरू गरेकोछ।

प्रोफेशनल भिसा एण्ड सर्भिसेसका सिईओ निशान्त शर्माले अवार्ड पाएकोमा खुशी व्यक्त गरेका छन्। उनी भन्छन ‘ यो अवार्ड सस्थासंग आबद्द सबैको अथक मिहेनतको फल हो । अर्को कुरा , सस्थाबाट सेवा लिनु हुने सेवाग्राहीहरूले हामीमाथि बिश्वास गर्नु नै हाम्रो सफलता हो’।‘अष्ट्रेलियासंगै अब नेपालबाट पनि हामीहरु सेवाग्राहीहरूलाई उत्कृष्ट सेवा दिन हरपल तयार रहेका छौ’ उनले थपे ।

सस्थाले आफ्नो गुणस्तरीय सेवाका करण यस अघि पनि सन् २०२२/२३ मा शीर्ष-३ को माईग्रेसन एजेन्ट सिड्नी अवार्ड, सन् २०२२/२३ मै बेष्ट विजनेस अवार्ड, सन् २०२२/२३ मै अष्ट्रेलियन स्मल विजनेस च्याम्पियन फाईनलिष्ट, लोकल विजसेन अवार्ड २०२२ को विजेता र लोकल विजनेस अवार्ड २०२३ को फाईनलिष्ट अवार्डसमेत हात पारिसकेको छ ।

सस्थाले स्थापनाकालदेखि नै आफ्नो सेवाका कारण प्रतिष्ठा कमाएको छ। यसले निरन्तर शिक्षा र आप्रवासन (माईग्रेसन) सम्बन्धी सबै प्रकारका सेवा प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्