Logo

संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य



काठमाडौं, वैशाख १५ । संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारतमा रहेका कारण कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाएका यादवले संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्ले वैशाख १२ गते गरेको सिफारिसका आधारमा शुक्रबार राति १२ बजेपछि संसद्को अधिवेशन अन्त्य गरेका हुन् ।

कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले दुवै अधिवेशन अन्त्य भएको पत्रमार्फत् सभामुखलाई जानकारी गराएका थिए । चालु अधिवेशन २०७९ पुस २५ गतेबाट सुरु भएको थियो।

आगामी जेठ १५ गते नयाँ आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गर्नुपर्ने भएकाले चालु दुवै अधिवेशन अन्त्य गरिएको हो। केही दिनभित्रै बजेट अधिवेशनका रुपमा सङ्घीय संसदको बजेट अधिवेशन आह्वान हुनेछ।

 



प्रतिक्रिया दिनुहोस्