Logo

महावीर पुनका सबै माग सरकारले पूरा गर्ने खालका छन् : रवीन्द्र मिश्र



काठमाडौं, १६ बैशाख । राप्रपाका नेताहरुले महावीर पुनका सबै मागहरूमा ऐक्यबद्धता जनाएका छन् ।

आज पुनले आन्दोलन गरेको स्थानमा पुगेर वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले पुनको आन्दोलनमा समर्थन जनाएका हुन् ।

उनीहरुले पुनका सबै मागहरु ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार’का लागि महत्वपूर्ण र सरकारले पुरा गर्न सक्ने प्रकृतिको रहेको पनि उल्लेख गरेका छन् ।

नेता मिश्रले फेशबुकमार्फत भनेका छन–‘राप्रपा सडक र संसद दुबै ठाऊँमा उनको साथमा रहेको जनाउ दिन र ऐक्यबद्धता प्रकट गर्न राप्रपाका कयौँ सांसद सहितको टोली आज विहान ९ बजे माइतीघर मण्डला पुगेको थियो।



प्रतिक्रिया दिनुहोस्