Logo

महावीर पुन रक्षा मन्त्रालय पुगे, रक्षामन्त्री खड्काले थाले वार्ता



काठमाडौं, १७ बैशाख । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग वार्ता गरेका छन् । अहिले पुन सिंहदरबारस्थित् रक्षा मन्त्रालयमा छन् । आविष्कारका क्षेत्रमा विकास बजेटको एक प्रतिशत बजेट बिनियोजन गर्नुपर्नेलगायत माग राखेर पुन शुक्रबारदेखि धर्नामा छन्।

कानूनमन्त्री समेत रहेका रक्षामन्त्री खड्काले सरकार पुनका माग सम्बोधन गर्न सकारात्मक रहेको जवाफ दिएका छन् । अहिले वार्ता जारी छ । पुनसँग उनका केही समर्थकहरु पनि सिंहदरबार पुगेका छन् । हिजो र आज गरेर पुनलाई विभिन्न राजनीतिक दलका नेताहरुले भेटेर उनको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । File Photo/Mukunda Kalikote-ReportersNepal



प्रतिक्रिया दिनुहोस्