Logo

आज यी प्रदेशमा हावाहुरीसहित भिषण वर्षाको सम्भावना



काठमाडौं, वैशाख १९। पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावका कारण हाल देशभर आँशिक देखि सामान्य बदली रहेको छ ।

उक्त प्रभावका कारण सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन चट्याङ्ग सहित मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहने छ।

आज तराईका थोरै स्थानहरुमासमेत हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा समेत हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्