काठमाडौं, १९ बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सांसद पदको शपथ आज लिने भएका छन् । पद तथा गोपनीयताको शपथ लिदैँछन् । बैशाख १० गते सम्पन्न भएको उपनिर्वाचनमा यादव बारा–२ वाट निर्वाचित भएका हुन् ।
यसअघि तनहुँ–१ र चितवन–२ बाट निर्वाचित सांसदहरु डा. स्वर्णिम वाग्ले र रवि लामिछानेले पद तथा गोपनियताको शपथ लिईसकेका छन् । यादवको भने आज दिउँसो १ः०० बजे कानून समितिको हल, सिंहदरबारमा सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिने भएका हुन् ।