Logo

पूर्व गृहमन्त्री राम बहादुर थापाका सुरक्षा सल्लाहकार राई नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ



काठमाडौं, वैशाख १९ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा इन्द्रजित राई पक्राउ परेका छन् ।

द्वन्द्व विज्ञको रुपमा चिनिने राई नेकपा एमालेको उपाध्यक्ष रामबहादुर थापा (बादल) गृहमन्त्री हुँदा सुरक्षा सल्लाहकार थिए । सरकारी वकिलको कार्यालयबाट वारेन्ट जारी भएका उनलाई प्रहरीले आज बिहान ललितपुरबाट पक्राउ गरेको हो ।

नक्कली भुटाी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा राईको सं‌लग्नता देखिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ। यसअघि प्रहरीले सोही घटनामा संलग्न केशव दुलाल,टंककुमार गुरूङ,सानु भट्टराई र सागर राईलाई पक्राउ गरिसकेको छ।

 

 



प्रतिक्रिया दिनुहोस्