Logo

कस्तो रहला आजको मौसम ? यस्तो छ पूर्वानुमान



काठमाडौं, वैशाख २० । पश्चिमी वायु साथै स्थानीय वायुको केही दिनदेखि प्रभाव जारी छ । अहिले गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनीका पहाडी भू(भागका एकरदुई ठाउँमा हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भू९भागमा सामान्य बदली रही बाँकी ठाउँको मौसम सफा रहने छ । आज पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।

देशका पहाडी केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना साथै वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, खेलकुद लगायतका क्षेत्रहरू प्रभावित हुनसक्ने भन्दै सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

 



प्रतिक्रिया दिनुहोस्