Logo

रवि लामिछानेलाई पूर्वमन्त्री पासवानको सुझाव–ओलीजस्तो गफाडीको भर नपर्नु, प्रचण्डलाई त पेण्डुलम बनाए



काठमाडौं, २० बैशाख । बहुजन शक्ति पार्टी, नेपालका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवानले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको चंगुलमा नफस्न सुझाव दिएका छन् । एमाले अध्यक्ष ओलीले रास्वपाका सभापति लामिछानेलाई प्रधानमन्त्री बनाउन अफर गरेको समाचार आएपछि पासवानले यस्तो सुझाव दिएका हुन् ।

उनले यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि ओलीको चंगुलमा फस्दा पेण्डुलम भएको दाबी गर्दै अहिले ओलीले कुनैपनि हालतमा लामिछानेलाई प्रधानमन्त्री नबनाउने दाबी गरे ।

उनले रविलाई सुझाव दिँदै भने–‘रविजी तपाईँ उदयीमान राजनीतिक व्यक्तित्व हो, अहिले कसैको गफ र मायाजालमा नफस्नुहोस । झन केपी ओलीजस्तो गफाडीको गफमा भुलिने काम नगर्नुहोस । म शुभचिन्तकको नाताले यो सुझाव दिँदैछु ।’ उनले अहिले प्रचण्ड नेतृत्वको वर्तमान सरकारसामू कुनै संकट नभएकोसमेत दाबी गरे । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्