Logo

शितगंगा कृषि तथा पशु महिला विकास सहकारी संस्थाको भवन उद्धघाटन सप्पन्न



अर्घाखाँची, २१ बैशाख । शितगंगा नगरपालिका वडा नम्बर २ मा रहेको शितगंगा कृषि तथा पशु महिला बिकास सहकारी सस्थाको भवन उद्धघाटन गरिएको छ । प्रदेश सरकार , हेफर तथा स्थानिय तहको सहयोगमा भवन सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस नेतृ तथा पुर्व प्रदेश सभा सदस्य निर्मला क्षेत्रीले विकास र समृद्धिको निम्ति सबै मिल्नुको विकल्प नभएको भन्दै सहकारीको माध्यमबाट एकजुट भएका महिलाहरुले आफ्ना अधिकार प्राप्तिका लागि समेत हरेक स्थानबाट आवाज बुलंन्द गर्न पर्ने बताए ।

आफ्नो पहलमा अर्घाखाँचीमा धेरै योजनाहरु परेको बताउदै आगामी दिनहरुमा जनताको हितमा सधै साथमा रहने बताए । योजनाहरु बिनियोजन गर्दा उत्पादन क्षेत्रमा बढी जोड दिन सुझाव दिए । यसो गर्दा नागरिकहरु आत्मनिर्भर बन्ने र देशको जनशक्ति बाहिर जानबाट कम हुने बताए ।

यस्तै, पुर्व नगर प्रमुख सुर्यप्रसाद अधिकारीले नगरपालिकाका जनप्रतिनिधीले राम्रो काम गर्न नसकेको भन्दै आलोचना गरे । नगरपालिकाका जनप्रतिनिधीले समन्वय नगरि काम गर्दा अनाबश्यक स्थानमा बजेट बिनियोजन भएको बताए । जनताको दैनिक आबश्यकता नहेरी बजेटको सहि स्थानमा सदुपयोग गर्न सुझाव दिए ।

यस्तै नगर उपमेयर गिता भाटले महिलाहरुले सहकारीको माध्यमबाट आयआर्जन गर्दै आत्मनिर्भर हुन सफल भएको भन्दै सहकारीका महिलाहरुले लिएका योजनामा नगरपालिकाको सहयोग रहने बताए ।

यस्तै, नगरप्रमुख छबिलाल पौडेलले सहकारीको भवन निमार्ण भए सँगै अब स्थानिय उत्पादनको बजारीकरणमा सहकारीले पहिलो भूमिका खेल्नुपर्ने बताए । नगरपालिकाले उत्पादनको आधारमा अनुदान दिने भएकोले पनि हरेक बर्ष कृषकको उत्पादन र आम्दानी बढ्नु पर्ने बताए ।

यस्तै पौडेलले अघिल्लो कार्यकालमा भन्दामा बजेट बढी नआएपनि अहिले बिकासका नयाँ अबधारण सुरु गरिएको बताए । नगरपालिकाले सडक पिचको काम समेत सुरु गरेको बताए ।

यस्तै उनले शितगंगामा प्रर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न वडा नम्बर २ को मुलाबारीमा पदमार्ग निमार्ण गर्न लागेको जानकारी गराउदै अघिल्लो कार्यकालमा प्रर्यटन क्षेत्रमा काम हुन नसकेकोले अहिले सुरुवात गरिएको र यसलाइ सम्पन्न गर्न नगरपालकिा प्रयासरत रहेको बताए । जनप्रतिनिधि र सस्थाका प्रतिनिधस्हरुको सहभागितामा भवनको उद्धघाटन नगर प्रमुख छबिलाल पौडेलले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्