काठमाडौं, २१ बैशाख । कांग्रेसका तीन मन्त्रीले शपथ लिएका छन्।
बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलको निवास शितल निवासमा प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष कांग्रेसका तीन मन्त्रीले शपथ लिएका हुन्।
कांग्रेसबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई राष्ट्रपति पौडेलले पद तथा गोपनियतताको शपथ गराएका हुन्।
नवनियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारीसमा राष्ट्रपति पौडेलले बुधबार नियुक्त गरेका थिए।
नवनियुक्त मन्त्रीहरुले आज नै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।