Logo

सत्ता गठबन्धनको बैठक बस्दै



काठमाडौं, वैशाख २२ । आज सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे बैठक बस्न लागेको हो ।

बैठकमा आगामी आर्थिक वर्षको नीति-कार्यक्रम र बजेटको विषयमा छलफल हुने जनाएको छ । बुधबार बसेको गठबन्धनको बैठकले सरकारको नीति–कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल गरेको थियो।



प्रतिक्रिया दिनुहोस्