Logo

प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता जारी



काठमाडौं, २३ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्तामा छन् । दुई नेताबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता जारी छ।

पछिल्लो समय ओलीले पार्टी सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको र उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयमा प्रधानमन्त्री दाहालसँग जिज्ञासा राखेका थिए ।

सो क्रममा उनले षड्यन्त्रपूर्वक रुपमा फसाउन खोजिएको हो भने सह्य नहुने चेतावनी दिएका थिए । रायमाझी भने फरार छन् । आजपनि ओलीले यही विषयमा दाहालसँग कुरा गर्ने बुझिएको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्