Logo

आजपा वैकल्पिक शक्तिको रुपमा उदायो, जनताको एजेण्डामा सम्झौता गर्दैनौं : बद्री न्यौपाने



काठमाडौं, २३ बैशाख । आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद न्यौपानेले आफ्नो पार्टी नेपालको राजनीतिमा वैकल्पिक शक्तिको रुपमा उदाएको दाबी गरेका छन्। उनले जनताको चाहनाबमोजिम आफ्नो दलले सही एजेण्डा बोकेर हिँडेको पनि बताए । उनले आफूहरु कहिल्यैपनि जनताका एजेण्डामा सम्झौता नगर्ने विश्वास दिलाए ।

आजपानिकट विद्यार्थी संगठन आम विद्यार्थी मोर्चाको केन्द्रीय कार्यसमितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विद्यार्थी आन्दोलनले नै नेपालको राजनीतिक ठूला ठूला परिवर्तनमा योगदान पुर्याएको र आन्दोलन सफल तुल्याएको स्मरण गराए ।

सो क्रममा उनले अहिले देशमा वैकल्पिक शक्तिको खोजी भएको सुनाए । देश र जनताको हितको लागि आफ्नो दलले जस्तोसुकै भूमिका पनि निर्वाह गर्ने उनको भनाई छ । उनले आफ्नो दल परिवर्तनको संवाहकको रुपमा उदाएको भन्दै अब देशव्यापी रुपमा संगठन विस्तारमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए ।

उनले विद्यार्थी नेताहरुलाई काठमाडौं उपत्यकाका सबै क्याम्पसमा संगठन विस्तार गर्न निर्देशन दिए । विद्यार्थी मोर्चाले सातै प्रदेशमा संयोजक तथा ईन्चार्ज तोकेको छ । मोर्चाको अध्यक्ष विवेक साह हुन् ।



प्रतिक्रिया दिनुहोस्