Logo

सबै सांसदको सम्पत्ति विवरण वेबसाइटमा प्रकाशित होस : सांसद राणा (भिडिओसहित)



काठमाडौं, २४ बैशाख । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले सबै सांसदको सम्पत्ति विवरण स्रोतसहित वेबसाइटमा राख्न माग गरेकी छिन् । आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले सबै सांसदहरुको सम्पत्ति सार्वजनिक गर्न माग गरेकी हुन् ।

उनले भनिन्,‘हामी जति सांसद छौं, जहिलेदेखि बनेका छौं, सबैको सम्पत्ति विवरण प्रकाशित होस् । हाम्रो वेबसाइटमा राखियोस् । जनताले देखोस, कसको के थियो कहिले थियो कसको बढ्यो कसको घट्यो के स्रोत हो ?’



प्रतिक्रिया दिनुहोस्