Logo

प्रधानन्यायाधीशमा सिफारिस भएका कार्कीको अवकाश अवधि तीन महिना मात्रै बाँकी



काठमाडौ, वैशाख २६। संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सिफारिस गरेको छ । परिषद्को सोमबार बसेको बैठकले वरिष्ठताको आधारमा कार्कीलाई सर्वसम्मत रुपमा सिफारिस गरेको हो। कार्कीले अहिले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।

परिषद्को सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ। तर संसदीय सुनुवाइ विशेष समिति भने अहिलेसम्म बनेको छैन। कार्की अवकाश पाउन करिब तीन महिना बाँकी रहेको छ। कार्कीले आउँदो श्रावण २० गते उमेर हदका कारण अवकाश पाउनेछ। प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतको न्यायाधीशले ६५ वर्ष उमेर पुगेपछि अवकाश पाउने व्यवस्था छ।

तीस वर्ष वकालत पेसामा रहेका कार्की २०७२ सालमा महान्यायाधिवक्ता भएका थिए । त्यसअघि उनी नेपाल बार एसोसिएसनको अध्यक्ष रहेका थिए । उनले २०७३ साल साउन १७ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।

गएको असोजदेखि उनी कायममुकायम प्रधानन्यायाधीशको रूपमा काम गर्दै आएका छन्। सर्वोच्च अदालतमा करिब १५ महिनादेखि प्रधानन्यायाधीश नियुक्ति रिक्त रहेको छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग दर्ता भएसँगै २०७८ फागुन १ गतेदेखि सर्वोच्च प्रधानन्यायाधीशविहीन छ। जबरापछि कायममुकायमको भरमा अदालत चलिरहेको छ। नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्