काठमाडौं, वैशाख २६ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक शुरु भएको छ । आजको बैठकमा सरकारले गत आईतवार प्रस्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुनेछ।
सोमवारबाट शुरु भएको बजेटका सिद्धान्त र प्राथमिकतामा सोमवार सांसदहरुले बोल्ने क्रम नसकिएकाले आज पनि सोही विषयमा छलफल हुनेछ।
वैशाख २७ गते भने सरकारको तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसदहरले संसदमा उठाएका बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा जवाफ दिने कार्यक्रम छ।
https://www.facebook.com/watch/live/?ref=watch_permalink&v=690579062829847