Logo

ढाकाकुमार श्रेष्ठको प्रश्न : सूर्यले म पूर्वबाट उदाउँछु भनिरहनुपर्छ र ?



काठमाडौं, २६ बैशाख । पूर्व सांसद ढाकाकुमार श्रेष्ठले आफूमाथि नियोजित रुपमा षड्यन्त्र भएको दाबी गरेका छन् । उनले सत्य कसैले पनि लुकाएर नलुक्ने दाबी गरेका छन् । आज फेशबुक पेजमार्फत श्रेष्ठले भनेका छ्न–‘म एउटा सोझो नेवारको छोरो जालझेल छलकपट नजानेको मान्छे, चिकित्सक पेशामै रमाईरहेको मान्छे फोहोरी राजनितीलाई सफा गरौ, भन्ने संकल्पले आफ्नो पेशालाई दाउमा राखेर राजनितीमा होमिए तर दुर्भाग्य जसरी नियोजित रुपमा म माथि षडयन्त्र भयो यस्लाई इतिहासले समिक्षा गर्ला।’

उनले लेखेका छन्-

सम्पूर्ण आफन्त तथा शुभचिन्तकहरुमा नमस्कार!!!
बोलेर जित्ने भनेको बादबिवाद प्रतियोगितामा हो। विषम परिस्थितीमा गाह्रो अवस्थामा संयमता ,धैर्यता र विवेक प्रयोग गर्नु पर्छ। खायको बिष लाग्छ, जवरजस्ती कसैको शरीरमा हिलो छ्याप्दैमा केही समय त लाग्ला कि यो मान्छे फोहोरी हो भन्ने तर समय र परिस्थिती संगै सबै कुरा छर्लंङग दुधको दुध पानिको पानि छुट्टी हाल्छ। सुर्यले म पूर्वबाट उदाउछु भनिरहनु पर्छ र? आगोले मैले पोल्छु भनिरहनु पर्छ र? सत्य सात्स्वत छ, बोलिरहनु पर्दैन, भनिरहनु पर्दैन। असत्यले केही समय भ्रम छरे पनी बिस्तारै सत्यले त्यो भ्रम तोड्दै आफ्नो वास्तविकता स्थापित गरेर छाड्छ।
म एउटा सोझो नेवारको छोरो जालझेल छलकपट नजानेको मान्छे, चिकित्सक पेशामै रमाईरहेको मान्छे फोहोरी राजनितीलाई सफा गरौ, भन्ने संकल्पले आफ्नो पेशालाई दाउमा राखेर राजनितीमा होमिए तर दुर्भाग्य जसरी नियोजित रुपमा म माथि षडयन्त्र भयो यस्लाई इतिहासले समिक्षा गर्ला। म भर्खरै राजनितीमा आफ्नो भविष्य खोज्दै गरेको यूवालाई जसरी कलिलो मुनामै निमुठ्ने कोशिस गरियो यो राष्ट्रका लागी र भावी यूवा पुस्ता जो राजनितीमा आउन चाहन्छन उनका लागी पनि एउटा दुखद सन्देस हो। जस्को कोही पनि हुदैन उस्को साथमा भगवान हुन्छन। जव दुनिया नै तपाईको बिरुद्धमा लाग्छ तव तपाई सही मार्गमा हुनुहुन्छ भनेर बुझ्नुहोस।
अन्तमा प्रत्यक्ष अप्रत्यक्ष मलाई यो कठिन परिस्थितीमा साथ सहयोग गर्ने तपाई सम्पूर्ण आफन्त तथा शुभचिन्तकहरुमा हार्दिक नमन, धन्यवाद



प्रतिक्रिया दिनुहोस्