Logo

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै



काठमाडौँ, २७ वैशाख । जनता समाजवादी पार्टी,(जसपा)नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालयमा अहिले केहीबेरमा बस्ने तयारी भएको सो पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा पार्टीको विधान अधिवेशन, सरकारमा सहभागितालगायतका समसामयिक विषयमा छलफल हुनेछ । रासस/ File photo



प्रतिक्रिया दिनुहोस्