Logo

खाँण र पाण्डेले नै गायब पारेका थिए सक्कली प्रतिवेदन



काठमाडौं, वैशाख २८। भुटानी शरणार्थीे समस्याको दीर्घकालीन समाधान गर्न भन्दै तत्कालीन गृहमन्त्री रामबहादुर थापाको पालामा गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदनलाई पछि आएर बालकृष्ण खाँण गृहमन्त्री भएको समयमा उलटपुलट पारेको पाइएको छ ।

खाँण गृहमन्त्री भएका बेला खाँण र उनकै रुचिमा ल्याइएका सचिव टेकनारायण पाण्डेले बिचौलियाहरूको प्रभावमा परी मन्त्रालयमा रहेको सक्कली प्रतिवेदन नै गायब पारेर नक्कली प्रतिवेदन बनाएको खुलासा भएको हो ।

सरकारले खाँणकै पालामा ल्याइएका अर्का गृहसचिव विनोदप्रकाश सिंहलाई पनि मंगलबारदेखि हटाएको छ । सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरी गृह मन्त्रालयको सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका दिनेश भट्टराईलाई ल्याइएको छ ।

खाँण पक्राउ गर्नुपूर्व मंगलबार उनैले ल्याएका सचिव सिंहलाई पनि गृह मन्त्रालयबाट हटाइएको हो । आजको नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्