Logo

भोजपुर उडेको जहाजको ढोकामा समस्या देखिएपछि आकस्मिक अवतरण



काठमाडौं, वैशाख २८ । काठमाडौंबाट भोजपुर उडेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता भएको छ।

ककपिटको दाहिनेतिरको ढोकामा समस्या देखिएपछि काठमाडौं फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका निर्देशक टेकनाथ सिटौलाले बताए।

आज बिहान ६ बजेर ३३ मिनेटमा काठमाडौंबाट उडेको जहाज ६ माइल टाढा पुगेपछि समस्या देखिएको थियो। जहाजमा १६ जना यात्रु रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्