Logo

एमाले केन्द्रीय कमिटीको बैठक आजबाट सुरुहुँदै



काठमाडौं, वैशाख २८ । नेकपा (एमाले) केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदै छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचन पछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

गत २६ वैशाखमा बसेको सचिवालय बैठकले निर्वाचनको समीक्षा, ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका कम्तीमा १० वटा विषयमा छलफल गर्नका लागि एजेन्डा तय गरेको थियो ।

मिसन ग्रासरुटको प्रदेशस्तरिय समिक्षा सकिएसंगै आजबाट केन्द्रीय कमिटीको वैठक सुरु हुन लागेको जनाईको छ ।
मुलुकमा राजनीतिक स्थायित्वका लागि एमालेलाई बलियो राष्ट्रिय शक्तिकारुपमा सुदृढ गर्ने योजनासाथ सुरुभएको मिसन ग्रासरुटको प्रभाव मुल्याांकन यस वैठकमार्फत गरिने एमालेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्