Logo

परराष्ट्र मन्त्री साउँद आज बंगलादेश जाँदै



काठमाडौं, वैशाख २८ । परराष्ट्रमन्त्री एनपी साउद आज बंगलादेश जाँदैछन् । बुधवार बिहान मात्र बेलायतबाट फर्केका परराष्ट्रमन्त्री साउद ‘छैटौँ इन्डियन ओसन कन्फरेन्स–२०२३’ मा सहभागी हुन आज बंगलादेश जान लागेका हुन् ।

हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्ने मूल कार्यपत्रमा छलफल गर्नका लागि उक्त सम्मेलन आयोजना गरिएको हो ।

भारतको विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र बंगलादेशको विदेश मन्त्रालयले संयुक्त रूपमा सो कार्यक्रमको आयोजना गरेका हुन । उक्त सम्मेलन शनिवारसम्म जारी रहनेछ ।



प्रतिक्रिया दिनुहोस्