Logo

सरुवा भएका कार्यालयमा ७ दिनभित्र नगए कारबाही



काठमाडौं, वैशाख २९ । सरकारले खटाएकारसरुवा गरेका कार्यालयमा हाजिर गर्न नजाने, रमाना नबुझ्ने, अटेर गर्दै साविककै कार्यालयमा वर्षौंदेखि बस्ने प्रवृत्ति सरकारी कर्मचारीमा बढ्दै गएको छ। यो प्रवृत्ति रोक्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सबै मन्त्रालय, कार्यालय, आयोग, प्रदेश कार्यालय, विभाग, तथा स्थानीय तहलाई परिपत्र गरेको छ।

मन्त्रालयले सरुवा भएको कार्यालयमा सात दिनभित्र हाजिर नहुने कर्मचारीलाई विभागीय कारबाही गर्ने चेतावनी दिएको छ। सरुवा गरिएको ठाउँमा कर्मचारीलाई नपठाउने तथा रमाना नदिने कार्यालय प्रमुखलाई समेत विभागीय कारबाही हुने चेतावनी दिइएको छ।

सरकारले खटाएकारसरुवा गरेका कार्यालयमा हाजिर गर्न नजाने, रमाना नबुझ्ने, अटेर गर्दै साविककै कार्यालयमा वर्षौंदेखि बस्ने प्रवृत्ति सरकारी कर्मचारीमा बढ्दै गएको छ।

खटाएको ठाउँमा नजाने प्रवृत्तिले कार्यसम्पादनमै असर पर्ने ठानेर मन्त्रालयले यस्तो निर्णय गरेको सहसचिव तथा कर्मचारी प्रशासन महाशाखा प्रमुख हेमराज तामाङले बताए।

उनका अनुसार सरुवा गरेको ठाउँमा नजाने कर्मचारीको संख्या ठूलो छ। तर यकिन संख्या भने थाहा नभएको उनको भनाइ छ। मन्त्रालयका अर्का उच्च कर्मचारीका अनुसार सरुवा गरेको ठाउँमा नजाने कर्मचारीको संख्या २ हजारको हाराहारीमा छ।

खासगरी आकर्षक मानिएका कार्यालयमा वर्षौंदेखि काम गर्दै आएका कर्मचारी नयाँ कार्यालयमा जानुपर्‍यो भने विभिन्न बहाना पारेर जाँदैनन्। केही ठाउँमा कार्यालय प्रमुखसँगको मिलेमतोमा पनि सरुवा भएको कार्यालयमा नजाने प्रवृत्ति कर्मचारीमा देखिएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्